३१ आश्विन २०८३, शनिबार

मधेस आन्दोलनले चार महिनादेखि बन्द नवलपरासीका बजार खुले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sun-pasalपरासी, १६ पुस । चार महिनादेखि बन्द रहेको सदरमुकाम परासीसहित दक्षिणी भेगका बजार र यातायात सेवा आजदेखि सञ्चालनमा आएका छन् ।

मधेसी मार्चाले सर्वसाधारणको समस्यालाई दृष्टिगत गरी बन्दलाई खुकुलो पारेपछि लामो समयदेखि बन्द रहेका बजार र यातायातका सवारी साधन सञ्चालनमा आएका हुन् । बन्द खुकुलो भएसँगै मुख्य बजार बेलाटारी, जमुनिया, महेशपुरसहित अधिकांश दक्षिण क्षेत्रका बजार, उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्था र यातायात सञ्चालनमा आएका छन् ।

बन्द खुकुलो भई बजार र यातायात सञ्चालनमा आएपछि सर्वसाधारणले केही भए पनि राहतको महसुस गर्न थालेका छन् ।

यद्यपि मोर्चाले नाका केन्द्रित आन्दोलन भने जारी राख्ने बताएको छ । मोर्चाले नवलपरासीमा मौलाउँदै गएको पेट्रोलियम पदार्थको कलोबजारी रोक्ने अभियान चलाएको जनाएको छ । जारी संविधानप्रति असहमति जनाएको मोर्चाले चार महिनादेखि परासीसहित सबै ग्रामीण क्षेत्रमा बजार, उद्योग, कालकारखाना र यातायात बन्द गराउँदै आएको थियो । रासस