काठमाडौं, १६ पुस । आईएमईले सहकार्य गर्दै आएको युएईस्थित अल–अहलिया एक्सचेन्जबाट आईएमईमार्फत् नेपालस्थित आफन्तलाई पैसा पठाउँदा आईएमई र अल–अहलिया एक्सचेन्ज ब्राण्ड लोगो अंकित एक आकर्षक टी–सर्ट उपहार स्वरुप प्राप्त गर्न सकिने भएको छ ।
यो उपहार योजना अंग्रेजी नयाँ वर्ष २०१६ को पावन उपलक्ष्यमा यही १ जनवरी देखि एक महिनासम्म लागु हुने आईएमईका जनसम्पर्क प्रबन्धक राजु पौडेलले जानकारी दिए ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १५ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका १४१ आईएमई सेन्टर सहित ४,३०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।















प्रतिक्रिया