१३ कार्तिक २०८३, शुक्रबार

सडक दुर्घटनामा भारतीय सेनामा कार्यरत युवकसहित दुईको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sandip_Kuwar_Dead_Ghasikuwa_Road_Accident_943407902

तनहुँ, १६ पुस । तनहुँमा बिहीबार टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको घाँसीकुवा गाविसस्थित मुसेखोला नजिकै भएको सडक दुर्घटनामा भारतीय सेनामा कार्यरत घाँसीकुवाकै स्थानीयबासी सन्दीप कुवँरको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिहंका अनुसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक सोही स्थान निवासी २२ वर्षीय सुरज थापाको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ ।

जिल्लाको डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना५ख ७५२३ नम्बरको टिपरले पृथ्वीराजमार्ग सडकअन्तर्गत घाँसीकुवा–८ छिर्कनेमा विपरीत दिशामा गुडिरहेको ग१०प ७२६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनापछि स्थानीयवासीले पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् । अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा छन् । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । रासस