१३ कार्तिक २०८३, शुक्रबार

पच्चीस किलो चरेससहित युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charesपर्सा, १६ पुस । पर्साको ग्रामीण भेगबाट आज बिहान प्रहरीले भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

पर्साको वीरचिबर्वा–९ सिमरा टोलबाट विशेष सूचनाका आधारमा प्रहरीले २५ किलो तौल बराबरको चरेससहित पर्साकै हरिहरपुर गाविस निवासी सोनालाल पटेललाई पक्राउ गरेको हो ।

मकवानपुरबाट भित्र्याइएको चरेस भारततर्फ लैजान लागेको पूर्वसूचनाका आधारमा कारबाही गर्दा पटेललाई उक्त परिमाणको चरेससहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी सहायक निरीक्षक विश्वनाथप्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँले प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका पटेललाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो । रासस