
– विमल योगी
काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीमा जारी विवाद अन्त्य भएको छ ।
विहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर राप्रपाको नयाँ नेतृत्वले विवाद अन्त्य भएको भन्दै पार्टी एक ढिक्का भएको घोषणा गरेको हो । पुस ११ देखि १३ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले लोकेन्द्र बहादुर चन्दलाई पार्टी अध्यक्ष बनाएपछि १८ महिनादेखिको राप्रपाको विवाद अन्त्य भएको हो ।
पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष पशुपति राणा देखिएनन् । राणा किन उपस्थित भएनन् भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष चन्दले भने– पशुपतिजी भारत जानुभएको छ । त्यसकारण हामीले उहाँलाई उपस्थित गराउन सकेनौं ।
राजीनामा दिएर राणा भारत जानुलाई महत्वका साथ हेरिएको छ । यसले राणाले अझै असन्तुष्टि जनाएको देखाउँछ । पत्रकार सम्मेलनमा अर्का नेता प्रकाशचन्द्र लोहनी लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी पत्रकार सम्मेलनमा चन्दपछि क्रमशः राणा र लोहनी पार्टी अध्यक्ष हुने जानकारी गराइयो ।
मधेस आन्दोलन र भारतीय नाकाबन्दीको कारण मुलुकले व्यहोर्नुपरेको गम्भीर संकटप्रति ध्यानाकर्षण जनाउँदै मधेसी जनताका जायज मागहरुलाई वार्ताको माध्यमबाट अविलम्ब सम्बोधन गरी नाकाबन्दी खोल्न एवं जनजीवन र आपूर्ति व्यवस्थापन तत्काल सूचारु गर्न सरकारसँग माग गरेको छ ।
राप्रपाद्धारा जारी विज्ञप्तिः














प्रतिक्रिया