१३ कार्तिक २०८३, शुक्रबार

कुनै जात विशेषलाई गाली गरेर कसैको प्रगति हुदैन : प्रधानमन्त्री ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले १२५ जातजाति र १२३ भाषाभाषीकै उत्थान गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

तमु ल्होसार २०७२ को उपलक्ष्यमा मूल आयोजक समितिले आज टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले “एउटै राष्ट्रिय गीत र झन्डामा एकत्रित भई सबै जातजाति र भाषाभाषीको उन्नति गर्न सकिन्छ, कुनै जात विशेषलाई गाली गरेर कसैको प्रगति हुँदैन”– भन्नुभयो ।

राणाकालमा राणाबाहेक क्षेत्री ब्राह्मणलाई विद्यालय खोल्न नदिइएको, पञ्चायतकालमा पनि सबै जातजातिलाई दल खोल्न नदिएकाले कुनै जात विशेषले शासन चलाएर अरुलाई अन्यायमा पारेको तर्क गर्नु नहुने प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भयो ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालको संविधान २०७२ मा दुईवटा विषय छुटेकाले संशोधन गरी सबैलाई स्वामित्व ग्रहण गर्न योग्य बनाइने बताउनु भयो ।

“संविधानमा समानुपातिक समावेशी र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषय थप्नका लागि संशोधन प्रक्रिया अगाडि बढाइएको छ, यसपछि संविधानले पूर्णता प्राप्त गर्छ, समयअनुसार अन्य विषय पनि संशोधन गरिने भएकाले संविधानको विषयलाई लिएर देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन”– उहाँले भन्नुभयो ।

वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले राष्ट्रियतालाई र एकतालाई सुदृढ गर्न सबै जातजातिको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

सांसद एवम् आदिवासी जनजाति महासङ्घका अध्यक्ष नागेन्द्र कुमालले संविधानमा सबै जातजातिले अपनत्व ग्रहण गर्न सक्नेगरी संशोधन गरिनुपर्ने धारणा राख्नु भयो । रासस