३१ आश्विन २०८३, शनिबार

पेट्रोल, डिजेलको आयात बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biratnagar-Naka

पथरी (मोरङ), १५ पुस । पूर्वाञ्चलको विराटनगरको रानी भन्सार नाकाबाट अघिल्लो वर्षको तुलनामा यो वर्षको मङ्सिर महिनामा इन्धन आयात अवस्था वृद्धी भएको छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका अनुसार पेट्रोल अघिल्लो वर्षको मङ्सिरमा दुई हजार १५२ किलोलिटर आएकोमा यो वर्ष मङ्सिरमा तीन हजार ६७२ किलोलिटर आयात भएको छ । त्यस्तै डिजेल गतवर्ष मङ्सिरमा ११ हजार ५९२ किलोलिटर आयत गरिएको थियो भने योवर्ष ११ हजार ६४३ किलोलिटर आयात गरिएको छ ।

पेट्रोल साउनमा दुई हजार ९८४ किलोलिटर, भदौमा एक हजार ६६०, असोजमा एकहजार ६२८, कात्तिकमा दुई हजार ६०० र मङ्सिरमा तीन हजार ६७२ किलोलिटर आयात भएको नेपाल आयत निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै डिजेल साउनमा नौ हजार ९३२ किलोलिटर, भदौमा चार हजार ८४०, असोजमा चार हजार ४७२, कात्तिकमा सात हजार ३६८ र मङ्सिरमा ११ हजार ६४३ किलोलिटर आयात भएको छ । त्यस्तै मट्टितेल गत वर्षको मङ्सिरमा १९२ किलोलिटर आयात गरिएकोमा योवर्ष २०४ किलोलिटर आएको छ ।

क्षेत्रीय प्रमुख कार्कीकाअनुसार आयातित डिजेल, पेट्रोलमध्ये पेट्रोल मङ्सिरमा ८१ प्रतिशत पूर्वाञ्चल बाहिर निर्यात गरिएको छ भने डिजेल ७३ प्रतिशत बाहिरिएको छ । असोज, कात्तिक र मङ्सिरमा पाँच हजार १०० किलोलिटर पेट्रोल र १५ हजार २० किलोलिटर डिजेल पूर्वाञ्चल बाहिर पठाइएको छ ।

यसैबीच सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा पेट्रोलियम पदार्थ बिक्री हुँदा पारदर्शी हुने र सर्वसाधारणले सरल र सहजरुपमा पेट्रोलियम पदार्थ पाउने पूर्वाञ्चल आयल निगमले जनाएको छ । रासस