काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी ओली पार्टीको कार्यक्रममा सहभागी हुन गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । उहाँ विराटनगर हुँदै झापा जाने कार्यक्रम रहेको ओलीको निजी सचिवालयले जनाएको छ ।
झापामा हुने एमालेका विभिन्न कार्यक्रममा सहभागी भएर ओली भोलि बिहीबार काठमाडौं फिर्ता हुने कार्यक्रम छ ।
यता, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता तथा सभापति सुशील कोइराला पनि आजै स्याङ्जा जाँदै हुनुहुन्छ । पार्टी कार्यक्रममा सहभागी हुन कोइराला स्याङ्जा जान लाग्नु भएको स्रोतले जनाएको छ ।
ओली र कोइराला नै राजधानी छाडेर बाहिर जान लागेपछि मधेसी मोर्चासँग गर्ने भनिएका वार्ता र सम्वाद अन्यौलमा परेका छन् ।
प्रधानमन्त्रीसहित कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका संयुक्त बैठक बस्ने भनिए पनि बस्न सकेको छैन ।
संयुक्त बैठक बोलाउनका लागि प्रधानमन्त्री ओलीले पहल गर्ने बताइएको थियो । तर संयुक्त वार्ता हुन सकेको छैन ।












प्रतिक्रिया