२३ कार्तिक २०८३, सोमबार

धार्मिक, र जातीय संहिष्णुता कायम राख्न प्रधानमन्त्रीको आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli.काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी ओलीले सबै नेपालीमा हार्दिकता, आपसी मेलमिलाप र धार्मिक तथा जातीय सहिष्णुता कायम राखी मुलुकको समृद्धिमा अग्रसर हुन आह्वान गर्नुभएको छ ।

गुरुङ समुदायकोे नयाँ वर्ष तमु ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सो समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको बताउनु भएको छ ।

मान्यजनको आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिने तथा राम्रो लाउने र मीठो खाने यो सांस्कृतिक पर्वको अवसरमा संविधानले प्रदान गरेका सबै नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक हकअधिकारको हामी सबैले मिलेर व्यवहारमा कार्यान्वयन गर्न तमु ल्होछारले प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पनि गुरुङ समुदायले नयाँ वर्षको अवसरमा मनाउने तमु ल्होसारको सुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै मन्त्री पोखरेलले यस पर्वले आपसी मेलमिलाप, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् सांस्कृतिक विविधताको सम्मान र सम्वद्र्धनमा सहयोग पुग्ने पनि उल्लेख गर्नुभएको छ ।