६ कार्तिक २०८३, शुक्रबार

जनकपुर चुरोट कारखानाको ३५ करोड ऋण सरकारले तिर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janakpur-Churotकाठमाडौं, १५ पुस । सरकारले जनकपुर चुरोट कारखानाले तिर्नुपर्ने करिब ३५ करोड ऋण तिरिदिने भएको छ । करिब २० वर्षदेखि जनकपुर चुरोट कारखानाले तिर्न नसकेको नेपाल बैंकको उक्त कर्जा सरकारले तिर्ने भएको हो ।

सरकारले उक्त ऋण भुक्तानी गर्ने सम्बन्धमा नेपाल बैंक र अर्थमन्त्रालयबीच केही दिनअघि सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले जानकारी दिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

सहमतिअनुसार सरकारले यही पुस महिनाभित्र उक्त रकम बैंकलाई भुक्तानी गर्ने उनले बताए । बैंकले सरकारलाई कुल ब्याजको ८५ प्रतिशत रकम छुट दिने सहमतिसमेत भएको छ ।

आर्थिक वर्ष ०५२/५३ मा जनकपुर चुरोट कारखानाले नेपाल बैँकबाट २९ करोड रुपैयाँ कर्जा लिएको थियो । कारखानाको परिसरमा रहेको जग्गा र मेसिनरी धितोमा उक्त कर्जा लिइएको थियो ।