
धनगढी, १४ पुस । कैलालीको धनगढीस्थित त्रिनगर–गौरीफन्टा नाकाबाट ३८ ट्यांकर इन्धन भित्रिएको छ ।
इन्धन आयात हुने सुदूरपश्चिमकै एक मात्र त्रिनगर–गौरीफन्टा नाकाबाट एक सातापछि आज भारतको सहाजापुरस्थित वनथरा डिपोबाट ३८ ट्यांकर इन्धन आएको आयल निगमका क्षेत्रीय कार्यालयका प्रवक्ता शिवराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज ६ लाख लिटर डिजल बोकेका ३४ वटा र ८० हजार लिटर पेट्रोल बोकेका ४ वटा ट्यांकर भित्रिएका छन् ।















प्रतिक्रिया