२३ कार्तिक २०८३, सोमबार

कोइराला र देउवा अब आराम गर्नुहुन्छ, पार्टी म हाँक्छुः पौडेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudel

तम्घास (गुल्मी), १४ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब ल¥याङ त¥याङ तरिकाले पार्टी चल्न नसक्ने जनाउँदै पार्टीका नेताद्वय सुशील कोइराला र शेरबहादुर देउवालाई विश्राम लिन आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस गुल्मीले आज आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ अन्तर्गत कार्यक्रममा सहभागी हुन सदरमुकाम तम्घास आइपुग्नुभएका नेता पौडेलले अब सधैं भागबन्डाबाट पार्टी चल्न नसक्ने बताउँदै अब कार्यकर्ताका लागि मूल्याङ्कन गर्ने परीक्षाको घडी आएको बताउनुभयो ।

उहाँले दुई नेताहरुले सभापति र प्रधानमन्त्रीको अनुभव बटुलिसकेको हुँदा उहाँहरुलाई आराम गर्न आग्रह गर्दै आफूलाई पार्टी सभापतिका लागि सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मैले उहाँहरुलाई अब आराम गर्नुस्, पार्टी म हाँक्छु भनेको छु । ” उहाँले यसपालि आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने घोषणा पनि गर्नुभयो ।

अर्काे प्रसङ्गमा उहाँले यही संविधानको सेरोफेरोमा रहेर मधेसको समस्या समाधान हुने बताउँदै उहाँले काँग्रेसले सरकार बाहिरबाटै भए पनि मधेसको आन्दोलन अन्त्य गर्नका लागि भूमिका निर्वाह गरिरहेकाले अब मधेस आन्दोलन रोकिने विश्वास व्यक्त गर्नुभयो । रासस