काठमाडौं, १४ पुस । दोलखामा पाँचजना भूकम्पपीडितले सोमबार ज्यान गुमाएपछि चिसोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
भूकम्पपछि सरकारले बासको प्रबन्ध गर्न नसक्दा अव्यवस्थित टहरोमा बस्दै आएका पीडितले ज्यान गुमाएका हुन् ।
सरकारले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुनःस्थापनाको काम प्रभावकारी ढंगले अगाडि बढाउन नसक्दा घरबारबिहीन बनेका पीडित धमाधम बिरामी पर्न थालेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
भूकम्पले घर भत्किएपछि जस्ताको टहरो र पालमा बस्दै आएका बृद्धबृद्धा चिसोका कारण ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बताए ।















प्रतिक्रिया