६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं पठाउन यसरी हुँदैछ खाली सिलिण्डरको कालोबजारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass Cylandorकाठमाडौं, १४ पुस । वीरगन्जमा खाना पकाउने ग्यासको खाली सिलिन्डरको नै कालोबजारी हुने गरेको छ ।

मधेस आन्दोलन र नाकाबन्दीका कारण भारतबाट इन्धनलगायत सामान आयात रोकिएपछि वीगन्जमा पनि ग्यास अभाव छ ।

कालोबजारी गर्नेहरुले काठमाडौँलगायत अन्य स्थानमा ग्यास भरेर पठाउन खाली सिलिन्डरसमेत लुकाउने गरेको समाचार कारोबार दैनिकले छापेको छ ।

उनीहरु भारतबाट अबैधरुपमा ल्याइएका ग्यास भरेर काठमाडौँ पठाउन खाली सिलिन्डर खरिद गर्छन् ।

विभिन्न कम्पनीका ग्यासका अधिकृत विक्रेताले समेत सिलिन्डर बच्ने गरेकाले ग्यास वितरण गर्ने समयमा उद्योगमा सिलिन्डर अभाव हुने गरेको छ ।

बन्द हड्ताल र नाकाबन्दीपछि वीरगन्जमा नारायणी ग्यास उद्योगले बाराको सिमरास्थित उद्योगबाटै वितरण सुरु गरेकोमा पछिल्लो पटक वीरगन्जको नेसनल ट्रेडिङ लिमिटेड परिसरबाट पनि आफ्ना उपभोक्तालाई वितरण गरेको थियो ।