३१ आश्विन २०८३, शनिबार

पशु विकास मन्त्रालय बनेकोमा पोल्ट्री व्यवसायीको स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hen-areaचितवन, १३ पुस । नेपाल सरकारले कृषि मन्त्रालयलाई टुक्र्याएर पशु विकास मन्त्रालय बनाएकोमा पोल्ट्री व्यवसायीहरुले त्यसको स्वागत गरेका छन् ।

नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय समितिले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी विगत लामो समयदेखि व्यवसायीले माग गर्दै आएकोमा हाल मन्त्रालय बनेकोमा उनीहरुले स्वागत गरेका हुन् । मन्त्रालय बनेकोमा सङ्घसहित नेपाल पोल्ट्री महासङ्घ, नेपाल कुखुरा व्यवसायी मञ्च, नेपाल दाना उद्योग सङ्घ, नेपाल ह्याचरी उद्योग सङ्घ, नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सङ्घ, चितवन नवलपुर दाना वितरक सङ्घ, नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घ र कुखुरा व्यवसायी सङ्घ पूर्वी चितवनले निर्णयको स्वागत गरेका हुन् ।

सो अवसरमा अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले कूल जनसङ्ख्याको ६६ प्रतिशत रोजगारीको अवसर कृषि क्षेत्रले प्रदान गरी कूल ग्राह्स्थ उत्पादनको ३३ प्रतिशत योगदान दिएको बताउँदै यसका लागि छुट्टाछुट्टै मन्त्रालय आवश्यक रहेको बताउनुभयो । कुल ग्राह्स्थ उत्पादनको चार प्रतिशत अंश कुखुरापालन क्षेत्रले ओगटेको पनि उहाँले जानकारी दिनुभयो ।

जिल्लाका व्यवसायीले १० वर्ष अगाडि नै पशुपक्षी विकास मन्त्रालय छुट्टै हुनुपर्ने माग गर्दै आएका थिए । कार्यक्रममा नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेल, चन्द्रमान श्रेष्ठ, नेपाल दाना उद्योग सङ्घका निवर्तमान अध्यक्ष डा तिलचन्द्र भट्टराई, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.रामकुमार कार्की, पोल्ट्री व्यवसायी अर्जुन अर्याललगायतले सङ्घीयता कार्यान्वयन भएपछि मन्त्रालयको सङ्ख्या घट्दै गर्दा पनि पशु विकास मन्त्रालय कायम हुनुपर्ने माग गर्नुभयो ।

पशुको विभागदेखि जिल्ला हुँदै गाउँतहसम्म कार्यालय रहेकाले र प्रत्यक्ष सेवाग्राही हुने हुँदा छुट्टै मन्त्रालय सधैंँका लागि हुनुपर्ने व्यवसायीको माग थियो । रासस