३१ आश्विन २०८३, शनिबार

किन पुगे नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक अख्तियार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman Sing Karkiकाठमाडौं, १३ पुस । भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना गतिविधिलाई सक्रिय बनाइ रहेका बेला आज अचानक नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका काम महानिरीक्ष दुर्जकुमार राई अख्तियार कार्यालय पुगेका छन् ।

अपरान्ह तीन बजे अख्तियारको कार्यालय नक्सालमा पुगेका उनीहरुसँग मुलुकको पछिल्लो शान्ति सुरक्षा र अन्य विविध विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

आइतबार सशस्त्र प्रहरीका तीन पूर्व महानिरीक्षकहरुलाई बोलाएर भ्रष्टाचार अभियोगमा बयान लिएको थियो ।

पूर्व महानिरीक्षकको बयान लिइरहेका बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई बहालवाला महानिरीक्षक अख्तियार कार्यालय पुग्नुलाई महत्वका साथ हेरिएको छ ।