३१ आश्विन २०८३, शनिबार

बालुवाटारमा तीन दलको बैठक, मधेसी मोर्चासँग आज निर्णायक वार्ता गर्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar-3-Party-Meeting

काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा एमाले र एमाओवादीबीच वार्ता सुरु भएको छ ।

मधेस आन्दोलनका माग सम्बोधनमा केन्द्रीत वार्तामा संसदमा पेस गरिएको संविधान संशोधन विधेयक परिमार्जन गर्ने विषयमा पनि छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका दोस्रो तहका नेताहरु उपस्थित छन् ।
बैठक मधेसी मोर्चासँग गरिने सहमतिको प्रयासका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।