६ कार्तिक २०८३, शुक्रबार

को-को भए एमालेका प्रदेश इन्चार्ज ? (नामावलीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-Central-Officeकाठमाडौं । मुलुक संघीय संरचनामा गएपछि राजनीतिक पार्टीहरु पनि संघात्मक ढाँचामा जानुपर्ने भएको छ । हालसम्म एमाओवादीले प्रादेशिक संरचना अनुरुप पार्टीका शीर्षस्थ नेतालाई जिम्मेवारी दिए पनि अन्य दलले तयारी समेत गरेका छैनन् ।

एमालेभित्र प्रदेशको इञ्चार्ज स्थायी कमिटि सदस्यमध्येबाट बनाउने भन्नेमा लगभग सहमति जुटेको छ । तर, पदाधिकारीबाटै बनाउने कि स्थायी कमिटि सदस्य जो भए पनि हुने भन्ने अझैं टुंगो लागेको छैन । सम्भवतः पदाधिकारीलाई विभागीय प्रमुख बनाइनेछ भने सकेसम्म स्थायी कमिटि सदस्यलाई नै प्रदेश इञ्चार्जको जिम्मेवारी दिइनेछ । त्यसो भएको खण्डमा प्रदेश १ को इञ्चार्ज सुवास नेम्वाङ हुनेछन् ।

त्यस्तै २ नम्बर प्रदेशको इञ्चार्जमा सत्यनारायण मण्डलको सम्भावना छ । यसबीचमा लालबाबु पण्डितलाई स्थायी कमिटिमा मनोनित गरेर उनलाई २ नम्बर प्रदेश इञ्चार्ज बनाउने चाहना माधव नेपाल पक्षले राखेको छ । ३ नंम्बर प्रदेशको इन्चार्जमा सुरेन्द्र पाण्डेको सम्भावना छ । ३ नम्बर प्रदेशभित्र राजधानी विशेष प्रदेश कमिटि अलग्गै रहनेछ । राजधानी प्रदेशको इन्चार्ज सानुकुमार श्रेष्ठ नै रहनेछन् ।

माधव नेपाल पक्षले राजधानी प्रदेशको इञ्चार्जका लागि रघुजी पन्तको नाम अघि सार्न सक्छ, तर नेवार समुदायको बाहुल्य रहेकाले उनलाई इञ्चार्ज बनाउन सकैको बिमती हुनेछैन । ४ नम्बर प्रदेशको इञ्चार्ज किरण गुरुङ हुने सम्भावना छ ।

५ नम्बर प्रदेशको इञ्चार्ज छविलाल विश्वकर्मा र ६ नम्बर प्रदेशको इञ्चार्जमा शंकर पोखरेललाई जिम्मेवारी दिइने तयारी छ । सात नम्बर प्रदेशको इञ्चार्ज भने उपाध्यक्ष भीम रावल वा पोलिटव्युरो सदस्य कर्णबहादुर थापा मध्येबाट एक हुनेछन् । साँघु साप्ताहिकमा खबर छ ।