काठमाडौं ।श्रीमती आरजु देउवाको सनकी स्वभाव र एनजिओको खेतीपातीका कारण डडेल्धुरा देउवा कांग्रेस दुई चिरा भएपछि शेरबहादुर देउवा आफ्नै गृह जिल्लाको घर झगडा मिलाउन लागिपरेका छन् ।
आरजु देउवा ५ वर्ष डडेल्धुरा जिल्ला विकास समितिको सभापति र १३ वर्ष जिल्ला कांग्रेसको सभापति भइसके पनि जनाधार भने शून्य भएका रघुवर भट्टतिर लागेकी छन् । डडेलधुरा देउवा कांग्रेस चरम गुटबन्दीमा फसेपछि सुशील कोइराला गुटले डडेलधुरामा खेल्न खोजेको छ । देउवा पक्षमै भिडाएर फाइदा लिन कोइराला पक्षले प्रयत्न गरिरहेको चर्चा कांग्रेसमा चलेको छ ।
आरजुले महाधिवेशन प्रतिनिधिसमेत हारेका शेरबहादुर देउवाका स्वीकय सचिव रहिसकेका गोविन्द बोहोरालाई बोकेपछि आफ्नो जिल्लामा आफ्नै पत्नीका कारण शेरबहादुर कमजोर बन्दै छन् ।
गोविन्द बोहोरा ०४९ मा शेरबहादुरलाई कालो झन्डा देखाएर विरोध गर्नेमा पर्छन् तिनै देउवाको पक्षमा आरजु देउवा र वर्तमान डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्लको पक्षमा शेरबहादुर देउवा देखापरेपछि डडेलधुरा जिल्लामा शेरबहादुर र आरजु हाँसोको पात्र बनेका छन् । साँघु साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया