१ कार्तिक २०८३, शनिबार

राजेन्द्र महतो कुटिएपछि भारतमा रुवाबासी, मधेसका पक्षमा कसले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahat0
राजेन्द्र महतो भारतीय नेता रघुवंश सिंहलाई भेट्दै / फाइल तस्वीर

काठमाडौं, १३ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो कुटिएको घटनालाई भारतले प्राथमिकताका साथ हेरेको छ ।

मोरङको विराटनगरस्थित जोगवनी नाकामा शनिबार अपराह्न प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीचको झडपमा महतो कुटिएका थिए । आफ्नो विश्वासपात्र महतो कुटिएपछि भारतले चिन्ता जनाएको हो ।

यो घटनालाई भारतीय मिडियाले पनि प्राथमिकता दिएका छन् । आफ्नै सहयोगमा आन्दोलन र नाकाबन्दी गरिरहेका महतो नै आक्रमणमा परेपछि भारतले चिन्ता जनाएको भारतीय मिडियाले लेखेका छन् ।

भारतीय पत्रिका दैनिक जागरणले महतो कुटिएको घटनालाई प्राथमिकताका साथ प्रकाशित गर्दै प्रहरीले हस्तक्षेप गरेर गोली चलाएको आरोप लगाएको छ । उसले प्रहरीको लाठीबाट सदभावना अध्यक्ष महतोको टाउको र छातिमा चोट लागेको लेखेको छ ।

महतोमाथि प्रहरीले गरेको कारवाहीको विरोधमा मधेसका कैयौ स्थानमा प्रदर्शन भएको उसले लेखेको छ । अन्य १२ प्रदर्शनकारी घाइते भएको पनि समाचारमा उल्लेख छ ।

त्यसैगरी अर्काे पत्रिका अमर उजालाले पनि महतोको समाचारलाई प्राथमिकताका साथ छापेको छ । उसले भनेको छ प्रहरीको आक्रमणमा महतो घाइते भएका छन् । मधेसमा आन्दोलन झन चर्किएको छ ।

महतो कुटिएपछि हिजो मात्रै लालु यादवको पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व केन्द्रीय मन्त्री रघुवंश प्रसाद सिंहले घटनाप्रति दुःख व्यक्त गर्दै मधेसका माग पुरा गराउन नेपाल सरकारलाई दबाब दिने बताएका थिए ।

उनले मधेसलाई नेपालले हेपेको आरोप लगाउँदै अधिकार प्राप्तिको आन्दोलनमा भारत सरकारले दबाब दिनुपर्ने बताए । यसैगरी आइतबार विराटनगर पुगेर एमाओवादी अध्यक्ष प्रचण्डले पनि घटनाप्रति दुःख व्यक्त गर्दै महतोको स्वास्थ्यलाभको कामना गरेका थिए ।

मधेसमा चार महिनादेखि आन्दोलन गरिरहेको मधेसी मोर्चाले भारतकै सहयोगमा आन्दोलन गरेको बताउँदै आएको छ । शनिबार विराटनगरको जोगवनी नाकामा झडप हुँदा महतो घाइते भएका थिए । उनको उपचार भइरहेको छ ।

राजधानीमा वार्ता भइरहेका महतो एक्कासी वीरगञ्जबाट नाका अवरोध गर्न जोगवनी पुग्दा यो घटना भएको हो । कतिपयले यसलाई वार्ता भाँड्ने षडयन्त्र पनि भनेका छन् ।

JagranJagran-1