
तर यो हुन सकिरहेको छैन । अहिलेसम्म । यो विडम्बना हो । यो दुखद् करा हो । त्यत्ति मात्रै होइन अहिले आएर कांग्रेस, एमाओवादी र मधेसी मोर्चाबीच एउटा सहमति गर्ने प्रक्रिया चलिरहेको छ । र उनीहरूको बीचमा सहमति गरेर एमालेसित कुराकानी गर्ने भन्ने कुरा चाहिँ अहिले आइरहेको छ त्यो उल्टो कुरा हो । पहिला कांग्रेस, एमाले र एमाओवादीबीचमा सहमति भएपछि मात्रै मधेसी मोर्चासित कुराकानी गरेर उनीहरूलाई एउटा सहमतिको विन्दुमा ल्याउनुपर्ने आवश्यक्ता हो । यो सुल्टो कुरा हो । तर त्यसो नभएर मधेसी मोर्चा, कांग्रेस र एमाओवादी पहिला सहमति गरेर त्यसपछि एमालेसित कुरा गरेर जाने सहमतिमा पुगाउने भन्ने एउटा सुरू भएको छ अहिले यो राम्रो कुरा होइन । यसले त्यति राम्रो परिणाम निकाल्दैन । यसको अन्तिम परिणती सकारात्मक हुँदैन । अन्तिममा परिणाम त्यति राम्रो हुँदैन । त्यो भएको हुनाले यो पक्षमाथि ध्यान दिनुपर्छ ।















प्रतिक्रिया