३१ आश्विन २०८३, शनिबार

राजेन्द्र महतो कुटिएपछि ‘एक्शन’ लिन सिंहदरबारमा मधेसी मोर्चाको बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १२ पुस । आन्दोलनरत मधेसी मोर्चाको बैठक सुरु भएको छ ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको विराटनगरमा कुटिएपछि पहिलोपटक सिंहदरबारमा बसेको बैठकमा अब कसरी अगाडि बढ्ने विषयमा ‘एक्शन’ लिनेबारेमा छलफल भइरहेको सदभावनाका महासचिव मनीष सूमनले जानकारी दिनुभयो ।

सदभावना पार्टीले भने माफी नमागेसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय गरिसकेको छ । आजको बैठकमा पनि मोर्चाले माफी नमागेसम्म वार्ता नबस्ने निर्णय गर्न सक्छ ।

हिजो विराटनगरको जोगवनी नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा महतो घाइते भएका थिए ।