
काठमाडौं, ११ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता सुरु भएको छ ।
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा जारी वार्तामा कांग्रेसकै पहलमा गतिरोध अन्त्य गर्ने विश्वास लिइएको छ ।
मधेस आन्दोलन, संसदको गतिरोध, संविधान संशोधन र नाकाबन्दी खोल्ने विषयमा सहमति खोज्न वार्ता भइरहेको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
वार्तामा कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्रराय यादव लगायतको सहभागिता रहेको छ ।















प्रतिक्रिया