
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आकारका आधारमा सानोठूलो नभनी नेपाललाई समान हैसियतको व्यवहार गर्न भारतलाई आग्रह गरेका छन् ।
परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तापछि बेइजिङमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्रीले स्थिर नेपाल चीन र भारत दुवैको हितमा रहेको बताए।
विकासको मार्गमा लागिरहेको स्थिर नेपालले मात्र चीन र भारतको दुवै हित पूरा गर्नसक्ने चिनियाँ विदेशमन्त्रीले बताए।’अर्को शब्दमा म यो भन्न चाहन्छु कि चीन र भारतका लागि नेपाल एउटा पारस्पारिक लाभका लागि सहकार्य गर्ने महत्वपूर्ण स्थान हो।
‘चीन यो विश्वास गर्छ कि चीन र नेपाल आकारका हिसाबले सानाठूला होलान् तर उनीहरू समान छन्। चीनले नेपाललाई इमानदारीपूर्वक सधैं समान व्यवहार गर्दै आएको छ । हामी यो आशा गर्छौं कि भारतले पनि चीनले लिएकै नीतिजस्तै गरी नेपाललाई समान व्यवहार गरोस्’, विदेशमन्त्री वाङले भने। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया