६ कार्तिक २०८३, शुक्रबार

राजाधनीका डान्सबारमा यसरी हुन्छ यौनशोषण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ११ पुस । वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत् ल्याइदियो । त्योभन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपरेको छ उनले ।

भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘मलाई प्रहरीले ओच्छ्यान बनाएका छन् । तपाईहरूसँग कारबाही गर्ने हिम्मत छ भने मेरो गोपनीयता कायम गरिदिनोस् म नाम दिन तयार छु ।’

उनले डान्सबारका मालिकबाट पनि यौनहिंसाको सिकार हुनुपरेको बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

खानलाउन दुःख भएकै कारण यौनकर्ममा लाग्नुपरेको उनको गुनासो छ ।

‘मैले रहरले यस्तो पेसा छानेको होइन, पढ्न र खान पुगोस्, यो पेसा छाड्न तयार छु । मैले नचाहेर पनि अस्मिता लुटाउनुपर्‍यो’, उनले भनिन् ।

गुरुङ जस्तै पीडा भोगेकी सिन्धुपाल्चोककी बन्दना राई (नाम परिवर्तन) को पनि छ । भूकम्पमा परिवार गुमाएकी उनीसँग छोरीमात्रै जीवित छन् ।