बाँके, ११ पुस । कोहीले बिदेश जाने कुरा गर्छन् भने, म त्यसलाई यही भैँसी पाल्न सल्लाह दिन्छु, बाँके नौबस्ताका सीताकुमारी बिकले भनिन्, ‘बिदेशमा गएर गर्ने दुःख यहीँ गर्ने हो भने धेरै कमाउन सकिन्छ ।’
सात वर्षअघि कुवेतमा दुई वर्ष काम गरेर फर्किएकी विकलाई त्यहाँ गरेको दुख सम्झिँदा अहिले पनि आँसु आउँछ । घरेलु काममा गएकी बिक त्यो दिन सम्झिन्छन्–राति २ बजे सुतेर बिहान ५ बजे उठ्नुपर्थ्यो । कामैकामले हैरान भइन्थ्यो ।
मासिक ४० दिनरका लागि ६० हजारजति खर्च गरेर भारतीय बाटो भएर कुबेत पुगेकी बिकलाई ३५ दिनार दिइएको थियो । नेपाल समाचार पत्र दैनिकले लेखेको छ ।
कपडा धुँदा पानी धेरै खर्च गर्यो भनेर दुई महिनाको तलब काटिदिए । बिकले हेपाई सम्झिँइन् ।
शक्ति समूहले बाँकेको नौबस्तामा गठन गरेको शक्ति सहारा समूहकी अध्यक्ष रहेकी बिकलाई अहिले न राति दुई बजे सुतेर ५ बजे उठ्नुपर्ने चिन्ता छ न त धेरै पानी खर्च गर्यो भनेर तलब काटिदिने या गाली गर्ने कोही छन् ।
बरु समूहबाट लिएको ३५ हजार रुपैयाँ मिसाएर ६० हजार रुपैयाँमा किनेको भैसीले दिने सात लिटर दुध पुर्याउन भ्याइनभ्याई छ ।
बिहान चार र साँझ ती लिटर दुध दिन्छ बिकले भनिन्, ‘प्रतिलिटर ६० रुपैयाँमा बिक्री हुन्छ । त्यहीबाट तीन छोराछोरीको पढाइलगायत घरखर्च चलेको छ । बिकका श्रीमान् भारतमा काम गर्छन् ।















प्रतिक्रिया