६ कार्तिक २०८३, शुक्रबार

९७ हजार लिटर पेट्रोल निजी कम्पनीले विराटनगरबाट ल्यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Crude Oil Drum Nepalकाठमाडौं, ११ पुस । नेपाल आयल निगमसँग सम्झौता भंग गरेको विवादास्पद विराट पेट्रोलियम प्रालिले भारतबाट पेट्रोलियम पदार्थ आयत थालेको छ ।

कोलकाताको हल्दिया पेट्रो केमिकल्सबाट विराट पेट्रोले खरिद गरेको ९७ हजार लिटर पेट्रोल जोबनी नाका हुँदै नेपाल भित्रिएको छ ।

निगमसँग सम्झौता रद्द गर्नुअघि कात्तिक २ गते नै विराट पेट्रोले आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदबाटै निर्णय गराई पेट्रोलियम पदार्थ आयात गर्ने अर्को ढोका खोलिसकेको प्रमाण फेला परेको नागरिक दैनिकले समाचार छापेको छ ।

आपूर्ति व्यवस्थापन विभागले विराट पेट्रोलाई भारत तथा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न ६ महिनाका लागि इजाजत दिइएको पत्र पुस ३ गते काटेको छ ।

उक्त पत्रमा मन्त्रिपरिषदको कात्तिक २ गतेको निर्णयअनुसार नेपाल राजपत्रमा प्रकाशित आपूर्ति मन्त्रालयको सूचनाबमोजिम नेपाल सरकारले निकासी पैठारी ऐन, २०१३ को दफा ३ ले दिएको अधिकारी प्रयोग गरी ६ महिनाका लागि पेट्रोलियम पदार्थ आयात गर्न पाउनेछ ।

आपूर्ति व्यवस्थापन विभागथका शाखा अधिकृत दीपराज पोखरेलले विराट पेट्रोलियम प्रालिको नाममा जारी गरेको उक्त पत्रको बोधार्थ आपूर्ति मन्त्रालय र उपभोक्ता हित तथा बजार अनुगमन शाखालाई समेत गरिएको छ ।