६ कार्तिक २०८३, शुक्रबार

यसकारण मुटु र हृदयघातका बिरामी ह्वात्तै बढे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Heart Mutuकाठमाडौं, ११ पुस । बदलिँदो जीवनशैलीका कारण हृदयघात बढेको छ । यसको जोसिख जोडोमा थप हुने चिकित्सले बताएका छन् । चिसोले हृदयघात र मुटु रोग बढाउने भएकाले सचेत हुन उनीहरुको सुझाव छ ।

अस्पतालमा जाडोसँगै मुटु रोगी, हृदयघात, मस्तिष्क घातका बिरामी बढेर गएको मुटुरोग विशेषज्ञ तथा अस्पतालले जनाएको नागरिक दैनिकले समाचार छापेको छ ।

सहिद गंगालाल हृदयकेन्द्रमा हाल दैनिक ५ देखि १० जना हृदयघातका विरामी आउँछन् ।

त्यससँगै चिसोका कारण मुटुरोगीहरु निमोनिया र अन्य समस्या लिएर आउने गरेको अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा दीवाकर शर्माले बताए ।

उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा दैनिक ५० जना यस्ता विरामी आउँछन् ।

चिसो बढेसँगै अस्पतालमा दैनिक मुटु र साना ठूला हृदयघातका बिरामी आउने गरेको मनमोहन कार्डियो, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

हाल अस्पतालमा दैनिक औसत सानो ठूलो हृदयघात गरी ६ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।