
काठमाडौं, १० पुस । केही महत्वपूर्ण निर्णय गर्नका लागि मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा भूकम्प पीडित प्राधिकरणबारे महत्वपूर्ण निर्णय हुने बताइएको छ । जाडो मौसममा पालभित्र रात कटाइरहेका भूकम्प पीडितको उचित व्यवस्थापनका लागि पुनर्निर्माण प्राधिकरणलाई ‘फास्ट ट्रयाक’मा अगाडि बढाउने र त्यससम्बन्धि केही नियुक्तिहरु गरिँदैछ ।
बैठकले भूकम्पपछिको पुनर्निर्माणका लागि गठन हुने प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र योजना आयोगका सदस्यहरुको नियुक्ति गर्न लागेको हो ।
बिहीबार नियमित रुपमा बस्ने बैठक नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहका कारण बस्न नसकेपछि अहिले आकस्मिक रुपमा बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
बैठकमा मधेस आन्दोलन र वार्तामा भएका प्रगतिबारे पनि छलफल भइरहेको छ ।















प्रतिक्रिया