३१ आश्विन २०८३, शनिबार

यातायात सेवालाई प्रभावकारी बनाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band-yatat

बनेपा, १० पुस । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री विजयकुमार गच्छदारले नयाँ कार्ययोजना ल्याएर यातायात सेवालाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन थालिएको बताउनुभएको छ ।

धुलिखेलमा आज यातायात व्यवस्था विभागको वार्षिक समीक्षा गोष्ठीको समापन कार्यक्रममा उहाँले केही दिनभित्रै नयाँ कार्ययोजना सार्वजनिक गर्ने तयारी भएको बताउनुभयो । पुराना ऐन, नियम र कानुनले पारेका समस्या समाधानका लागि छिटोभन्दा छिटो ऐन र नियम परिमार्जन गर्नुपर्ने र परिमार्जनले ढिलासुस्ती अन्त्य हुने उपप्रधानमन्त्री गच्छदारले बताउनुभयो ।

नरम, सभ्य र शिष्ट व्यवहार गरेर सेवाग्राहीको चित्त बुझाउनुपर्नेमा जोड दिँदै उहाँले सेवाग्राहीलाई कसरी प्रभावकारी सेवा उपलब्ध गराउने भन्ने विषयमा सबैलाई ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो । “परिवर्तित राजनीतिक प्रणालीअनुसार सेवाग्राहीलाई सेवा दिन सबै कर्मचारी तत्पर रहन जरुरी छ” उहाँले भन्नुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले गोष्ठीमा अभिव्यक्त भएका समस्यालाई सम्बोधन गरिने बताउँदै कार्यसम्पादन गर्नु कर्मचारीको दायित्व भएको बताउनुभयो । रासस