६ कार्तिक २०८३, शुक्रबार

‘जसोतसो एक छाक मात्रै खाना खाने गर्‍या छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Miteri pul Birganja Naka Morchaवीरगञ्ज, १० पुस । ‘हामी गरिब मान्छे । घरधनीले कोठाभाडा नलिई मान्दैन । ग्यास सकिएको छ । १८ रुपैयाँ किलो दाउरा किनेर पकाउनुपरेको छ,’ बर्दिबासबाट रिक्सा चलाउन वीरगन्ज आएका राजु कार्कीले भने, ‘हडताल भएयता कमाइ भएकै छैन । जसोतसो एक छाक मात्रै खाना खाने गर्‍या छु ।’

चार महिनादेखि जारी मधेस आन्दोलनको सबैभन्दा बढी मारमा रिक्साचालक परेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । मधेसी दलको बन्द, हड्ताल र भारतको नाकाबन्दीका कारण बजारमा यात्रुको चहलपहल छैन ।

मान्छे नै नभएपछि रिक्साचालकको कमाई स्वात्तै घटेको छ ।

बेलाबेलामा भइरहने प्रदर्शनका क्रममा आन्दोलनकारीको निशानामा पनि उनीहरु नै पर्ने गरेका छन् । ‘जो होचो उसकैका मुखमा घोचो भनेजस्तै व्यवहार गरेका छन् । आन्दोलनकारीले,’ रिक्साचालक सुनिल सोनारले भने, ‘हामी गरिब मान्छे । हडतालमा जसोतसो गरेर बालबच्चा पालिरहेका छौं । यो पनि देखिसहँदैनन्। सडकमा रिक्सा लिएर आउँदा आन्दोलनकारीले रिक्साको हावा फुस्काइदिन्छन् । हातपात गर्छन् । दुःख दिन्छन् ।’

वीरगन्ज उपमहानगरपालिका कार्यालयका अनुसार वीगन्ज नगर क्षेत्रमा चार हजार ६ सय रिक्सा छन् ।