काठमाडौं, १० पुस । १३ औँ महाधिवेशन सुरु हुन तीन महिनाभन्दा कम समय बाँकी रहँदा नेपाली कांग्रेसभित्र पदाधिकारी संख्यालाई लिएर विवाद सुरु भएको छ ।
दोस्रो पुस्ताका एक दर्जन नेताले पदाधिकारीमा दाबीसहित आफ्नो स्थान सुरक्षित गर्न सक्रिय रहेकाबेला पदाधिकारी संख्या बढाउने विषयमा सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा पक्षवीच मतभेद देखिएको हो ।
कोइराला र देउवा दुबै पक्षले नेतृत्व विकास र हस्तान्तरणभन्दा महाधिवेशनको जोडघटाउमा विधान संशोधनलाई जोडेर हेरेपछि विधान संशोधन समिति नै विभाजित देखिएको समाचार नागरिक दैनिकले छापेको छ ।
संगठन विभाग प्रमुख आनन्द प्रसाद ढुंगाना नेतृत्वमा गठन भएको विधान संशोधन समितिमा सभापति कोइराला निकट नेता पदाधिकारी बढाउने पक्षमा छन् भने देउवा निकट नेताहरु विपक्षमा उभिएका छन् ।
पदाधिकारी संख्या बढाएर कोइराला पक्ष आफू निकट नेताको सहज व्यवस्थापन पक्षमा देखिन्छ तर देउवा पक्ष संख्या बढ्न नदिएर कोइरालालाई अप्ठ्यारोमा पार्दै महाधिवेशनको परिणाम आफ्नो पोल्टामा पार्ने दाउमा छ ।















प्रतिक्रिया