
– नरेन्द्रसिह कार्की
दार्चुला, ९ पुस । दार्चुलाको भगवती गाविस वडा नम्बर ९ मा माटो खन्ने क्रममा एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भगवती ९ की ३० वर्षीया कौशिला धामी रहेका छन् । यसैगरी सोही ठाउँका २८ वर्षीया सरसस्वती धामी ३४ वर्षीया कलावती धामी, २० वर्षीया विमला धामी, भगवती ८ का ८ वर्षीय बालक ललितसिह धामी र वडा नम्बर ४ का २८ वर्षीय केशवसिह धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घरको लागि माटो खन्ने क्रममा खोल्डोमा पुरिएर महिलाको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको उपस्वास्थ्य चौकी भगवतीमा सामान्य उपचार पछि घर फर्किएका छन् । घरको लागि रातो माटो खन्ने क्रममा माथिबाट ढिस्को खसेको स्थानीयले जानकारी दिए ।














प्रतिक्रिया