१३ कार्तिक २०८३, शुक्रबार

शून्यमा झर्‍यो राजधानीको तापक्रम, अझै एक हप्तासम्म चिसो निकै बढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chiso-ago

काठमाडौँ, ९ पुस । काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिजो बुधबार वर्षकै चिसो न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरेको थियो । तर आज बिहान ८ः४५ बजेको मापनअनुसार न्यूनतम शून्य डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको हो ।

जाडो मौसम सुरु भएसँगै उपत्यकासहित देशभर क्रमशः चिसो बढ्दै गएको छ ।

उत्तर पश्चिमी हावा हिमालको काखबाट नेपाल प्रवेश गर्दा रातको समयमा आकास खुल्ला भएका कारण चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

केही दिनदेखि निरन्तर आकाश सफा भएकाले पनि दिनप्रतिदिन चिसो बढ्दै गएको र जनवरी पहिलो हप्तासम्म चिसो नघट्ने उहाँले उल्लेख गर्नुभयो ।

सन् २०१३ मा यही मौसममा न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस पुगेको थियो । अघिल्लोे वर्ष सन् २०१४ को यही समयमा सबैभन्दा कम न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सामान्यतयाः जाडो मौसममा डिसेम्बरको अन्तिम साता र जनवरीको पहिलो सातामा बढी जाडो हुने गर्दछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस रहेको पनि महाशाखाले जनाएको छ । रासस