१३ कार्तिक २०८३, शुक्रबार

मोर्चाका कार्यकर्ताले जिपमा आगजनी गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

रौतहट, ९ पुस । यस जिल्लाको सरमुजवा–६ स्थित बङ्कुलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान जिपमा आगजनी गरेका छन् ।

सीमावर्ती भारतीय बजार घोडासहनबाट राति ९ बजे ५०० लिटर डिजेल बोकेर आएको बिआर ०१ पिए ६७९८ नम्बरको भारतीय बोलेरो जिपमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बन्दको मौका छोपी तेल तस्करी गरेको भन्दै मोर्चाका कार्यकर्ताले जिपमा आगजनी गरेका थिए । जिप पूर्णरुपले नष्ट भएको छ । आगजनी गरेको खबरपछि प्रहरीले घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । जिपमा आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस