१३ कार्तिक २०८३, शुक्रबार

पैगम्बरको जन्मोत्सव सिरहामा यसरी मनाईयो (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

muslim

– सन्तोष कुमार
लहान, ९ पुस । मुस्लिम धर्मावलम्बीहरुले धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १४९० औं जन्मोत्सव आज सिरहामा भव्यता पूर्वक मनाएका छन् ।

ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउल अव्वलको १२ तारिखका दिन अर्थात आज मुस्लिम समुदायले मोहम्मद–डे मनाएको हो । ‘आका की आमद–मरहब्बा, मदनी की आमद–मरहब्बा’ भन्ने नाराका साथ सिरहा सदरमुकाम र लहानमा मुस्लिम समुदायले शान्ति ¥याली प्रदर्शन गरेका छन् ।

मदरसा दारुल ओलुम हनफिया असरफिया लहान–५ का मौलाना मुफ्ती मोहम्मद अहमद राज सकाफीले आजको दिनलाई सरकारले सार्वजनिक विदाको रुपमा घोषणा गर्न माग गरे । उनले नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि धर्म निरपेक्षको घोषणा भएकोमा खुसी व्यक्त गर्दै व्यवहारमा उतार्नु पर्ने आवश्यकता औल्याए ।

यस्तै गरिव नवाज वेलफेयर सोसाइटी नेपालका अध्यक्ष फिरोज सिद्दिकीले ‘यस देशका नेताहरु सडयन्त्र पूर्वक हाम्रा मांगहरुलाई वेवास्ता गर्दै आईरहेको आरोप लगाए । उनले मदरसा (मुस्लिम स्कूल)लाई सरकारी ऐन अनुसार दर्ता प्रक्रिया अगाडी बढाउनुुका साथै मान्यता दिएपनि दरवन्दी र अन्य आवश्यक सेवा सुविधा नदिएको बताए ।

नव निर्मित संविधान संसोधन प्रक्रियाद्वारा मुसलमान समुदायको पृथक पहिचान, मौलिक हकको रुपमा मुस्लिम हक, राज्यको सबै निकायमा समानुपातिक एवम् समावेशी प्रतिनिधित्व, मुस्लिम स्वायत्त एवं संरक्षति क्षेत्रको घोषणा लगायत माग मुस्लिम समुदायको छ ।

Siraha-muslim (6) Siraha-muslim (5) Siraha-muslim (4) Siraha-muslim (3) muslim