६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दीले भारतीय कम्पनीलाई धेरै नोक्सानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharatiya Kampaniकाठमाडौं, ८ पुस । भारतीय नाकाबन्दीका कारण नेपालबाट वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढी लाभांश लैजाने भारतीय बहुराष्ट्रिय कम्पनी पनि प्रभावित भएका छन् ।

अहिलेसम्म नेपालमा भएको कुल विदेशी लगानीमा भारतीय लगानी पहिलो नम्बरमा आउँछ ।

भारतीय बहुराष्ट्रिय कम्पनी युनिलिभर, डाबर लगायत नाकाबन्दीको प्रत्यक्ष मारमा रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

युनिलिभर नेपाल लिमिटेडका सञ्चालक रविभक्त श्रेष्ठ नाकाबन्दीको असर अरुसरह आफ्नो कम्पनीलाई पनि परेको बताउँछन् ।

‘अवस्थामा सुधार नआए कम्पवनीको मुनाफा घट्न सक्छ, उनले भने, ‘अहिलेको अबरोधले लगानीका बारेमा बाहिर नराम्रो सन्देश गइरहेको छ ।’

मुलुकको कुल व्यापारमध्ये दुई तिहाइ भारतसँग हुन्छ । भारतले गर्ने कुल निर्यातमा नेपालको हिस्सा चार प्रतिशत हुन आउँछ ।

कात्तिकसम्मको तथ्यांकअनुसार नाकाबन्दीका कारण अघिल्लो वर्षको तुलनामा निर्यातमा २९ दशमलब १ प्रतिशतले कमी आएको छ ।

आयात पनि ३६ दशमलब ८ प्रतिशतले कमी आएको छ ।