६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीले ग्यास मागेर पत्राचार गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass Cylandorकाठमाडौं, ८ पुस । मुलुकका दुई सर्बोच्च निकाय राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले एलपी ग्यास उद्योग संघ र उद्योगीसँग ग्यास माग्दै पत्राचार गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ११ थान ग्यास माग्दै पत्र पठाएको संघले जनाएको छ ।

संघका अनुसार साइबाबा, साल्ट ट्रेडिङको एसटिसी, नेपाल र भानुमध्ये जुनसुकै कम्पनिका ११ सिलिन्डर माग्दै प्रधानमन्त्री कार्यालयले पत्राचार गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, संघले सिद्धार्थ ब्रान्डको ग्यास दिन पहल भइरहेको जनाएको छ ।

त्यस्तै, राष्ट्रपति कार्यालयले पनि ११ थान सुगम र एभरेष्ट ग्यास उपलब्ध गराउन उद्योगलाई पत्राचार गरेको छ ।

प्रधानमन्त्री कार्यालयले संघमा पत्राचार गरे पनि राष्ट्रपति कार्यालयले सीधै उद्योगलाई पत्राचार गरेको छ ।

प्रधानमन्त्री कार्यालयलाई ग्यास दिन पहल भइरहेको संघ अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । सुगम र एभरेष्ट दुवै ग्यास घिमिरेकै हुन् ।