वीरगञ्ज, ७ पुस । ‘हरेक रात घन्टैपिच्छे दृश्य फरक हुन्छ यहाँको, असोज ७ देखि अनवरत वीरगन्ज–रक्सौल सीमा नाकामा धर्नामा बसिरहेका पर्सा, सुगौलीबिर्ताका सकुर आलमले सुनाए, यहाँ रात बिताउनु सजिलो काम होइन ।’
द्यसगजा नाकामा करिब दर्जन धर्नाकारी यस्ता छन् जसले न साउनेझरी भने न पुसको ठन्डी–निरन्तर धर्ना दिइरहेकै छन् ।
तिनै एक दजन धर्नाकारीमध्ये एक हुन्, आलम । नेपालको प्रमुख व्यापारिक नाका वीरगन्ज रक्सोलवीच सिर्सिया नदीमाथिको मितेरी पुल । वारि नेपाल, पारि भारत । नागरिक दैनिकले समाचार छापेको छ ।
साउन ३१ देखिबिना पूर्व घोषणा सुरु भएको अनिश्चितकालीन तराई मधेश बन्दको ४१ औँ दिन अर्थात असोज ७ देखि आन्दोलनरत दलहरुले मितेरी पुलमा धर्ना थाले ।
नाकाबन्द गरेर आपूर्ति रोक्दै सरकारलाई आन्दोलनका मागहरुमा सहमत गराउन धर्ना तीन महिनादेखि जारी छ ।
‘दुर्गन्ध, लामखुट्टे, स्याल, भुस्याहा कुकुर, राति आउने रक्स्याहा र तस्कर’, नियमित धर्नामा रात बिताएका मध्ये कृष्ण पटेल कुर्मीले भने, ‘मौसमको प्रकोप र यी समस्याबोहक खालने पानी नहुनु र दिसापिसाब गर्न टाढा जानुपर्ने समस्या र आक्रमणको भय निरन्तर छ नाकामा।’















प्रतिक्रिया