६ कार्तिक २०८३, शुक्रबार

रञ्जित रेलाई भेटेपछि मधेसी नेताहरूको टोन अचानक किन परिवर्तन भो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjeet Ray Indian Dhotiकाठमाडौं, ७ पुस । मधेस आन्दोलनप्रति भारतीय राजदूत रन्जित रेको टोनमा अचानक परिवर्तन आएको छ ।

मधेसी मोर्चाका नेताहरुसँग सोमबार बिहान भएको ब्रेकफास्ट भेटमा राजदूत रेले चार महिनाभन्दा लामो मधेस आन्दोलनले निम्त्याएको अभावले आमजनतामा निराशा ब्याप्त भएको भन्दै आन्दोलनरत पक्ष, नेपाल र भारत सरकार कसैको पनि हित नगर्नेतर्फ गम्भीरतापूर्वक सोच्न मोर्चालाई आग्रह गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

बैठकमा सहभागी मोर्चाका नेता तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार राजदूत रेले मधेस आन्दोलनबारे चिन्त ब्यक्त गर्दै चाँडोभन्दा चाँडो सहमति गरी मुलुकलाई निकाश दिन आग्रह गरेका थिए ।