६ कार्तिक २०८३, शुक्रबार

पेट्रोल पम्ममा उपभोक्ता ठगी गर्नेहरू थुनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ७ पुस । नापतौलमा ठगी गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले भक्तपुर फ्यु सेन्टरका संचालक पुनराम बखाडेयलाई थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश लिप्तबहादुर थापाको इजलासले दुई वर्षदेखि ठगी गर्दै आएका बखाडेयलाई तत्काल प्राप्त प्रमाणका आधार छाड्न नमिल्नेभन्दै कारागार चलानको आदेश दिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनीविरुद्ध अनुसन्धानमा सम्लग्न महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार बखाडेयले तोकिएको परिणामभन्दा कम मात्र ग्राहकले पाउने गरी हजारौं ठगेका थिए ।

ललितपुर र काठमाडौंका पम्प संचालकहरु अझै थुनामा छन् । उनीहरुको बयान चलिरहेको छ ।