काठमाडौं । पेट्रो चाइनाको सहायक कम्पनी गोरमुड आयल रिफाइनरीका पदाधिकारीले चीनको केन्द्र सरकारबाट निर्देशन आए नेपाललाई चाहेजति इन्धन दिन सकिने बताएका छन् । उनीहरुले भोली देखिनै नेपालका नाकासम्म ढुवानी गरिदिने जानकारी पनि दिएका छन् ।
बेइजिङस्थित नेपाली दूतावासका आर्थिक मामिला (इकोनोमिक मिनिस्टर) विनोद आचार्य नेतृत्वको सम्भाव्यता अध्ययन टोलीले छिन्गाईस्थित वाणिज्य विभाग र रिफाइनरीका पदाधिकारीसँग गरेको छलफलमा यस्तो आश्वासन आएको हो । रिफाइनरीले आफ्नै ट्यांकर र बुलेटबाट केरुङसम्म ढुवानी गरिदिने बताएको छ । यसअघि अनुदानको पेट्रोल पनि पेट्रो चाइनाले केरुङसम्म ढुवानी गरिदिएको थियो ।
यसैबीच चीन सरकारसँग इन्धन व्यापार सम्झौता गर्न उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा नेपाली प्रतिनिधीमण्डल बुधबार चीन जाँदैछ । उक्त टोलीले उच्चस्तरीय तहमा सहमति गरे अर्काे हप्तादेखि चीनले इन्धन पठाउन सुरु गर्न सक्छ । कारोबार दैनिकमा खबर छ ।
















प्रतिक्रिया