रेस्टुरेन्ट कत्तिको जानुहुन्छ ?
एकदमै कम जान्छु । कहिलेकाहीँ बाध्यताले त कहिले परिवारसँग जान्छु । ‘लाइक माइन्डेड’ साथीहरूसँग कहिलेकाहीँ मात्र रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा जान धेरै रुचि लाग्दैन ।
कस्तो रेस्टुरेन्ट जान रुचाउनुहुन्छ ?
प्राय: नेवारी रेस्टुरेन्ट जान्छु । हाम्रो परिवारलाई नै नेवारी खाना एकदमै मन पर्छ । श्रीमती, छोरा, छोरी चारैजना भएर वेला–वेलामा नेवारी रेस्टुरेन्ट जान्छौँ ।
नेवारी खानामा खास के मन पर्छ ?
चिउरा, भटमास र छोइला मन पर्छ । नेवारी डल्लो म:म पनि निकै नै मीठो लाग्छ । घरमै बनाइने शुद्ध ‘वासा’ पनि मन पर्छ ।
कुन ठाउँको नेवारी रेस्टुरेन्ट जानुहुन्छ ?
कीर्तिपुरको डाँडामा एउटा नेवारी रेस्टुरेन्ट छ । हामी परिवार प्राय: त्यहीँ जान्छौँ । त्यहाँ सुकुलमा बसेर खान पाइन्छ । एकदमै रमाइलो लाग्छ ।
साथीभाइहरूसँग चाहिँ कुन ठाउँमा जानुहुन्छ ?
साथीहरूसँग गएका वेला बाजेको सेकुवा र थकाली रेस्टुरेन्ट जान्छु । थकाली खाना पनि मन पर्छ ।
ड्रिङ्स गर्नुहुन्छ ?
कहिलेकाहीँ गर्छु । एकदमै मन मिल्ने साथीसँग मात्र पिउँछु । तर थोरै पिउँछु ।
मन नपर्ने खाना ?
त्यस्तो मन नपर्ने खाना खासै केही छैनन् ।
मासु कत्तिको मन पर्छ ?
मासु मन पर्छ । खासगरी मलाई मटन मन पर्छ । चिकन पनि ठिकै लाग्छ ।
घरमा आफैँ पकाउनुहुन्छ ?
पकाउँदिनँ । मलाई पकाउने काममा खासै जाँगर चल्दैन ।
खानपिनमा सुझाब ?
धेरै चिल्लो र मसलावाल खाना खाँदिनँ । हप्तामा दुई दिन एकदम लाइट खाना मात्र लिन्छु । एक्सरसाइज र खानपिनको तालमेल मिलाउँदा स्वस्थ भइन्छ । (नयाँ पत्रिकाबाट)















प्रतिक्रिया