६ कार्तिक २०८३, शुक्रबार

अध्यक्ष दाहालले पार्टीको महाधिवेशन गराउलान् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ६ पुस । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय समितिमा अर्को वर्ष महाधिवेशन गर्ने बताएका छन् ।

केन्द्रीय सदस्य समिति बैठकमा सदस्य हरुका प्रश्नको जवाफ दिने क्रममा दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

à२०७३ सालभित्र महाधिवेशन गर्दै पार्टीलाई व्यवस्थित गरिनेछ,’ दाहाललाई उदधृत गर्दै बैठक स्रोतले भन्यो, ‘संविधान बनिसकेपछिको अवस्थामा पार्टीको वैचारिक कार्यदिशालाई स्पष्ट गर्न, संगठनको भावनात्मक एकीकरण गर्न पनि यो आवश्यक भइसकेको छ ।’

दाहालले पार्टीलाई नेपालको क्रान्तिकारी धाराको मूख्य कम्युनिस्ट धारका रुपमा अघि बढाउनेगरी निर्णय लिँदै जाने समेत बताए ।

मंसिर १५ देखि सुरु एमाओवादी केन्द्रीय समितिमा दाहालको राजनीतिक प्रतिवेदनमाथि १ सय १७ केन्द्रीय सदस्य, पदाधिकारीले बोलेका थिए ।

उनीहरुले बोलिसकेपछि छ दिन स्थगित बैठकमा आइतबार दाहालले जवाफ दिएका हुन् ।