६ कार्तिक २०८३, शुक्रबार

धेरै औषधि सेवन गर्दा बाँझोपना हुने गरेको तथ्य सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Garvawati Pregnant womanकाठमाडौं, ६ पुस । नेपालमा गर्भपतन सेवाले कानुनी मान्यता पाएको लामो समय वितेपनि सरकारले ठोस नीति तथा कार्यक्रमलाई ब्यावहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा झन समस्या जटिल बन्दै गएको छ ।

नेपालमा असुरक्षित गर्भपतनका कारण अकालमा ज्यान गुमाउनुपर्ने या जीवनभर दीर्घरोगी भएर बाँच्नुपर्ने बाध्यताको अन्त्यका लागि निकै प्रयत्न र अइयनपछि सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको हो । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

तर गर्भपतनले कानुनी मान्यता प्राप्त गरेपछि गर्भपतन सेवालाई आय आर्जन गर्ने माध्यमका रुपमा केही स्वास्थ्थ संस्था र स्वास्थ्थकर्मीले लिएकै कारण सेवाग्राहीहरुले निकै सास्ती भोगिरहेको वरिष्ठ चिकित्सक डाक्टर छत्र अमात्यको ठम्याइ छ ।

औषधिलाई मकै भटमास आएजस्तो जथाभावी रुपमा प्रयोग गर्दा शरीरको हर्मनमा गडबढी भइ बच्चा चाँडो नहुने अवस्था देखिएको छ ।