६ कार्तिक २०८३, शुक्रबार

यात्रु बोकेको बसमा बीच सडकमै आगो किन लगाइन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

रौतहट, ६ पुस । तराईमा आन्दोलन चलिरहेका बेला बसका मालिकले बीमा रकम लिनका लागि आफ्नो बसमा आफै आगजनी गर्न थालेका छन् ।

आन्दोलनकारीले बसमा आगो लगाएको देखाएर मालिकले नै पुरानो बसको बीमा रकम लिन आफै बस जलाउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

रौतहटको चन्द्रपुर–८ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक यात्रुबसमा बसका कर्मचारी आफैले आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ ।

यस्तै घटना दुई साताअघि बाराको निजगढ–पथलैया सडक खण्डमा पनि भएको थियो ।

मंसिर १९ गते बसका मालिक र चालकको मिलेमतोमा निजगढबाट हेटौँडा चल्ने ना ४ ख ३२१६ नम्बरको बसमा आगजनी भएको थियो ।

प्रहरीले शंका लागेर अनुसन्धान गर्दा फाइनान्सका नाममा उक्त बस रहेको र बीमा रकम लिनका लागि चालकलाई पैसाको लोभ देखाएर मालिकले नै आगजनी गराएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादु्र मल्लले बताए ।