३१ आश्विन २०८३, शनिबार

भूकम्पबाट क्षतिग्रस्त चार जिल्लाका १३ विद्यालय पुनर्निर्माण हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SEI Nepal 2
काठमाडौं, ५ पुस । शान्ति शिक्षा अभियान नेपालले भूकम्पले क्षतिग्रस्त भएका चार जिल्लाका १३ ओटा सामुदायिक विद्यालयहरूको पुनर्निर्माण गर्ने भएको छ ।
आइतबार राजधानीमा आयोजित साझेदार विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा अभियानले सो जानकारी गराएको हो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष रवीन्द्र महर्जनले संस्थाले यस विषयमा शिक्षा विभागसँग सम्झौता गरिसकेको जानकारी गराउँदै निकट भविष्यमा नै अन्य सम्बन्धित सरकारी निकायसँग समन्वय गरी कार्यक्रम चाँडै नै सुरु गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा सहभागी काठमाडौं, ललितपुर, काभ्रे तथा दोलखा जिल्लाका १३ ओटा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरुले आगामी कार्ययोजनाको समबन्धमा संस्थाका पदाधिकारी एवम् कर्मचारीसँग प्रश्न राखेका थिए ।
पहिलो चरणमा यी विद्यालयका भवनहरुको पुनर्निर्माण सम्पन्न गरिसकेपछि दोस्रो चरणमा विद्यालयका कक्षा कोठा व्यवस्थापन, शिक्षक तालिमजस्ता कार्यहरु गरिइने महर्जनले बताउनु भएको छ ।
शान्ति शिक्षा अभियान भौतिक पूर्वाधार निर्माण, स्तरोन्नति, शिक्षक तालिम तथा स्वयंसेवक परिचालन गरी सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धि गर्ने कार्यमा लागिरहेको छ । महर्जनका अनुसार पछिल्लो पाँच वर्षमा संस्थाले भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यव्रmम चार जिल्लाका २३ गाविसका २६ विद्यालयमा सम्पन्न गरिसकेको छ ।
त्यस्तै ललितपुर तथा काठमाडौंमा १६ गाविसका ८६ विद्यालयका २५० प्राथमिक तहका शिक्षक–शिक्षिकालाई बालमैत्री वातावरणमा शिक्षण गर्ने विधिसम्बन्धी तालिमसमेत दिएको छ । संस्थाले ९ विद्यालयमा २५ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वयंसेवक पनि परिचालन गरिसकेको छ