१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्र प्रमुखमाथि भएको व्यवहारको चौतर्फी विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-Janakpur-2

उदयपुर, ५ पुस । विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणमा पुग्नु भएका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहारको जिल्लास्थित विभिन्न संघसंस्था र राजनीतिककर्मीहरुले भर्त्सना गरेका छन् ।

आईतबार २० वटा संघसंस्थाहरुले संयुक्त एक प्रेसविज्ञप्ती प्रकाशन गर्दै राष्ट्रपति माथि भएको उक्त व्यवहार असभ्य र उद्दण्डको परकाष्ट भएको आरोप लगाएकाछन् । त्यस्तै एमाले निकट अखिल नेपाल महिला संघलेपनि आईतबार नै विज्ञप्ती प्रकाशन गर्दै राष्ट्रपतिको नियमित धार्मिक पुजाआजा कार्यक्रमपछि भएको अभ्रद व्यवहारको खेदप्रकट गरेको छ ।

जारी विज्ञप्तीमा तथाकथित मधेसबादी आन्दोलनरत राजनीति पार्टीहरुद्धारा गरिएको ढुंगामुढा, मन्दिर तोडफोड र एकल महिला मन्दिर प्रवेश गरेको भनी मन्दिर चोख्याउने जस्ता कार्य मध्ययुगिन समाजको जस्तो भएको भन्दै त्यस्ता हर्कत नदेखाउन आग्रह गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘देशकै गौरवको प्रतिकको रुपमा रहेको राष्ट्रिय संस्था राष्ट्रपति प्रति गरिएको असामाजिक, मानवअधिकार विरोधी र विश्वकै सम्पुर्ण महिला तथा आमनागरिकलाई अपमानित हुने गरी गरिएको घटना खेदजनक छ ।’

संघसंस्था र राजनीतिक दलहरुले उक्त अमानविय एवं महिलाविरुद्ध गरिएको विभेदपुर्ण कार्यको कडा शब्दमा आपत्ति जनाउँदै अपराधपुर्ण घटनाको न्यायीक छानविन गरी घटनामा सम्लग्न दोषिमाथि कानुनी कारवाही गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

विज्ञप्तीमा स्वार्थपूर्तिका लागि आन्दोलन गरेर देशलाई बन्धक बनाउने कार्य तत्काल रोकी वार्ताबाट निकास खोज्नसमेत आग्रह गरिएको छ । उनीहरुले जायज माग सबैका पूरा हुनसक्ने भन्दै अनुचित माग राखेर आम नेपालीलाई कष्ट दिने कार्य नगन्र आग्रह गरिएको छ ।