१३ कार्तिक २०८३, शुक्रबार

सशस्त्रका महानिरीक्षक राईले आजदेखि कार्यभार सम्हाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Durjakumar Rai Apf AGPकाठमाडौं, ५ पुस । गृहसचिव नारायणगोपाल मलेगोले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा कायम मुकायम मुकरर भएका दुर्जकुमार राईलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

राईलाई मन्त्रिपरिषदको पुस ३ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती गरेको थियो । महानिरीक्षक राईले आजै पदवाहली गर्नुभएको छ ।

पदोन्नतीपछि महानिरीक्षक राईले राष्ट्र र आम नागरिकको सेवा र सुरक्षामा पेशागत इमान्दारिताका साथ कर्तव्यनिष्ट रहि सशस्त्र प्रहरी बलको तर्फबाट जनताले प्रत्यक्ष महसुस गर्ने गरी सुरक्षाको प्रत्याभुति दिलाउन दत्तचित्त रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

महानिरीक्षक राईले इतिहासका कठिन घडीहरुमा राष्ट्रले सुम्पिएको दायित्व जिम्मेवारीपूर्ण ढंगले निर्वाह गर्दै संगठनलाई आजको उचाइँसम्म ल्याई पुगाउन पूर्वज नेतृत्ववर्ग तथा सम्पूर्ण राष्ट्रसेवकको सामूहिक प्रयास रहेको चर्चा गर्नुहुँदै उनीहरूको त्याग, बलिदान एवं राष्ट्र प्रेमलाई अझै उचाइमा पुगाउन प्रयास गर्ने बताउनुभयो ।

महानिरीक्षक राई २०४३ साल फागुन ३ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जाबाट सेवा प्रवेश गर्नु भई २०५८ साल वैशाख ४ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुनुभएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट एमए गर्नुभएका महानिरीक्षक राईले विभिन्न व्यावशायीक तालिम हासिल गर्नुका साथै विभिन्न १४ वटा मानपदवी, अलंकार र पदकबाट सुशोभित हुनुभएको छ ।

उहाँले कार्यक्षेत्रमा उत्कृष्ट कार्य गरेवापत दुई पटक ग्रेड थप तथा दुई पटक नगद पुरस्कार र प्रशंसापत्रहरु प्राप्त गर्नुभएको छ ।