निजी क्षेत्रको प्रतिनिधीमुलक संस्था तथा व्यापारी, व्यवसायीहरुको छाता संगठन कञ्चनपुर उद्योग बाणिज्य संघ कुनै समय सुदूरपश्चिमका अन्य जिल्लाका संघहरुको अग्रता लिन्थ्यो । तर पछिल्ला दिनहरुमा त्यो महत्पूर्ण भुमिकामा सुदूरमै कैलालीले लिड गरिरहेको अवस्था छ । संघको चुनावका मखमा व्यापारी र व्यवसायीहरुको हकहितको वकालत गर्ने, नेतृत्वमा पुगेपछि व्यक्तिगत स्वार्थलाई शिखरमा राखेर संस्था धरासायी बन्न समेत मुकदर्शक बन्ने नेतृत्व कञ्चनपुर उद्योग बाणिज्य संघले पाइरहेको छ भन्दा अन्याय नहोला । पछिल्लो समय कञ्चनपुर उद्योग बाणिज्य संघको १५ औं कार्यकारणी समितिको नेतृत्व लिन पनि प्यानलसहित र प्यानरहित रुपमा उम्मेदवारहरु चुनावी मैदानमा होमिएका बेला संघका अध्यक्ष पदका प्रत्यासी सञ्जीवचन्द्र भट्टसँग दैनिक नेपालले गरेको कुराकानीको सम्पादित अंशः
यसपालि अध्यक्ष पदमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तपाईले आफ्नो उम्मेद्वारीको परिणाम बारे के पूर्वानुमान गर्नु भएको छ ?
– हारजित चुनावका दुई पाटा हुन । कुनै पनि व्यक्तिसित संस्थाको प्रतिष्ठा जोडिएको हुन्छ । कञ्चनपुरका व्यापारी र व्यवसायी साथीहरुले व्यक्ति भलन्दा पनि संस्थाको हितमा नेतृत्वदायी भुमिका निभाउनु हुनेछ भन्ने अपेक्ष मैले लिएको छु । साथीहरुलाई स्वतन्त्र रुपमा दबादरहित ढंगले नँया नेतृत्वका लागि मद दिनहुन सुरुवातमै बिन्ती गँरे । परिणाम स्वच्छनेतृत्वका लागि दख्खल व्यक्तिको पक्षमा हुनेछ ।
कता जादै छ कञ्चनपुर उद्योग बाणिज्य संघ ?
– अहिले त चुनावी सरगरमी मै व्यस्त छ । पछिल्लो दिनहरु संघमा बौद्धिक र क्षमतावान नेतृत्व नपाउँदा संघ ओरालो लागेको भन्न सकिन्छ । अहिलेको कार्यसमितिले चुनावी उम्मेदवार मनोनयनबाट शुल्कबाट पनि हैसियत बुझिएकै छैन र ।
के भा छ र मनोनयन शुल्कमा ?
– संघ चुनावी त्यो पनि मनोनयन शुल्कबाट चल्ने संस्था होइन । संघका अन्य आयस्रोतहरु अहिलेकै नेतृत्वका कारण धमिरा लाग्यो । सबै व्यापारी र व्यवसायी साथीहरुले बुझैकै कुरो हो । एउटा अध्यक्ष पदमा ५१ हजार रुपैया मनोनयन शुल्क लगाउनुको अर्थ संघ कार्यालयका कर्मचारी र सामान्य खर्च चलाउनुकै लागि हो । अरु पदहरुमा पनि रकम शुल्क बढाएको छ । शुल्क बढाएर होइन संघको आयस्रोत बढाएर संस्थाको गरिमा बचाउन सक्नुपर्छ ।
नेतृत्व तपाईले गर्नु परे कसरी हाक्नु हुन्छ, संघ? के सोच्नु भाको छ ?
– मैले नेतृत्वको जिम्मेवारी पाँए । सबै साथीहरुको सल्लाहमा संघलाई गती दिनेछु । संघको अध्यक्ष मात्रै सबथोक होइन । पछिको टिम पनि जुझारु हुनुपर्छ । व्यापारीहरुको हकहित र सुरक्षाको प्रत्याभुती, औद्योगिक क्षेत्रको किास र विस्तारमा केन्द्रीय महासंघ र अन्यसरोकार वाला दाता, निकायहरुसितको दरिलो समन्वयका लागि म पछि हट्ने छैन । म चुनावको बेला मात्रै सक्रियता देखाउने, व्यापारी, व्यावसयीहरुका लागि तारा नै झार्छु भन्ने होइन ।
संघको कार्य समितिमा काम गरेको अनुभव छ ?
– छ, सदस्यदेखि बाणिज्य उपाध्यक्षसम्मको अनुभव म सित छ । पुस्तौली व्यापार गर्दै आएको व्यक्ति हुँ । अनुभव सामाजिक क्षेत्रको पनि छ । खेलकूदमा पनि व्याडमिन्टन संघको नेतृत्व सम्हालेको छु । खेलकुदमा पनि सहभागी हुन्छ । खेलकुदले स्वस्थ्य बनाएको छ । अनुशासन र इमान्दारिता पनि सिकाएको छ । त्यो सिप बाणिज्य संघमा प्रयोग गर्न चाहन्छु ।
निजी क्षेत्रमाथि आउने सुदूरमा सम्भावना देख्नु हुन्छ?
– सुदूरपश्चिम औद्योगिक, सांस्कृति, धार्मिक पर्यटन, लगायतका अथाह सम्भावना बोकेको क्षेत्र हो । जहाँसम्म भारतीय औद्योगिक क्षेत्रसित पनि कञ्चनपुरको दुरी नजिक भएकाले पनि महाकाली नदीमा नयाँ पक्की पुल बन्ना साथ यहाँको औद्योगिक विकासले दु्रत गति लिने गतिलो सम्भावना हामीसित छ । बनबासा पुल २०३९ सालदेखि यहाँका व्यापारीहरुले खुलाउने प्रयास गर्दै आएका हुन । पछि संघले पनि यस विषयमा सरोकारवालासित सम्र्पक बढायो । अहिले आएर त्यो केही सहज भएको छ । संघ नेतृत्वले पुल खोले भन्नु, चुनावी नारा मात्रै हुन ।
बिना प्यानल चुनावी मैदानमा उत्रिनु भएको छ । कस्तो छ तयारी ?
– तयारी राम्रो छ । सवै व्यापारी र शुभेच्छुकसँगको भेटघाट, लामो छलफल र उहाँहरुकै आग्रहका अनुसार उमेद्वारी दिइएको हो । त्यसै हिसावले तयारी राम्रो छ । संघ र आवद्ध व्यापारी, व्यवसायीहरुको हकहित संरक्षणका लागि प्यानल नै आवश्यक पर्छ भन्ने छैन ।
एक्लो उम्मेदवार भन्दैनन् मतदाताले ?
– पुर्व अनुभवी सबै अध्यक्ष ज्यूहरुको साथ छ । मेरो यहाँका व्यापारीसाथीहरु माँझ त्यत्ति नराम्रो सम्वन्ध छैन । सबैको सकरात्मक पहल र आग्रहबाटै उम्मेदवारी दिएको हुँ । सफलताको शुभकामना दिनेहरु धेरै हुनुहुन्छ । राम्रासितहरु सित प्यानलमा रहे, भएपनि सहकार्य हुन्छ ।
मतदातालाई आकर्षण गर्ने कुरा मात्र हुन कि ?
– तपाई आफैं नै सोच्नुहोस्, कुनै मान्छे किन आफैसँग झुट बोल्ने हिम्मत गर्ला ? यी हाम्रा योजना सवै उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज र यहाँका सम्पूर्ण सरोकारवालासँगको छलफल र सल्लाहमा निर्माण गरिएका हुन् । मैले मतदातालाई आकर्षण गरेर राज्य संचालन गर्ने जिम्मेवारी पाउने चुनाव लडिरहेको छैन । आफ्ना दाजुभाईहरुका विश्वास र आत्मबललाई आत्मसात गरेर समग्र व्यवसायिक क्षेत्र र जिल्लाको विकास गर्ने चाहान्छु ।
अन्तमा केही छुट्यो की ?
– म व्यवसायिक क्षेत्रको परिवर्तन र जिल्लाको आर्थिक विकासका लागि एउटा छुट्टै यात्राको लागि पाइला चाल्ने तयारीमा छु । उद्योग वाणिज्य संघ मार्फत धेरै कुरा हामीले गर्न सकेका छौं । र अझै धेरै गर्नु पनि छ । सम्पूर्ण व्यवसायीहरुका लागि गौरभको कुरा हो । यो अभियानमा सहभागी हुनुहोस् । मत हजुरको, अनुरोध सबैलाई मेरो ।
प्रस्तुतीः डम्मर राज भट्ट/महेन्द्रनगर ।
















प्रतिक्रिया